मर्जरमा नगई ५ अर्ब चुक्ता पुँजी पुर्याउने रिलायबल नेपाल लाइफकाे तयारी

Jul 01, 2022 12:16 PM Merolagani

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूलाई पूँजी थप्न आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुलाई शत प्रतिशत पूँजी थप्न आग्रह गरेको हो ।

कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।

कम्पनीको उक्त निर्णयलाई बीमा समितिले स्वीकृत गरेसँगै कम्पनीले संस्थापक सेयरधनीहरूलाई आफ्नो नाममा हाल कायम कुल शेयर बराबरको थप रकम लगानी गर्न आग्रह गरेको हो ।

कम्पनीको संस्थापक सेयरधनीहरूले भदौं ६ गतेभित्र रकम जम्मा गरिसक्नु पर्ने छ ।

संस्थापक शेयरधनीहरुले ग्लोबल आइएमई बैंक, कान्तिपथ, कुमारी बैंक, पुतलीसडक, सिद्धार्थ बैंक न्यूरोड र नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटीमा रहेको बैंक खातामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले थप शत प्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कायम चुक्ता पूँजीकाे ४० प्रतिशत १ अर्ब २० कराेड रूपैयाँ बराबरकाे आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । 

त्यसपछि कम्पनीले हकप्रद वा बाेनस शेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेकाे हाे । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।