हकप्रद प्रयोजनको लागि बरुण हाइड्रोपावरले बुक क्लोज मिति तोक्यो

Jul 03, 2022 12:50 PM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनी साउन २ गते बुक क्लोज मिति तोकेको हो ।

त्यस अनुसार साउन १ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्ने शत प्रतिशत हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शेयर प्रतिशत अर्थात बराबबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।