सुनको भाउ दैनिकजसो घट्दो क्रममा, मंगलबार कतिमा झर्यो ?

Jul 12, 2022 11:08 AM Merolagani

सुनको भाउ दैनिकजसो घट्दो क्रममा रहेको छ । असार २८ गते, मंगलबार सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । यसैगरी आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार पनि सुन तोलामा १०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार साताको तेश्रो दिन चाँदीको मूल्य पनि गिरावट भएको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार १८५ रुपैयाँ कायम रहेको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।