सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

Nov 06, 2023 11:45 AM Merolagani

कात्तिक २० गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात आइतबार, १ लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी भने यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।