तिजको अघिल्लाे दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

Sep 17, 2023 11:04 AM Merolagani

तिजको अघिल्लो दिन आइतबार सुन चाँदीकोे मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ कायम भएको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।