इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुने गरी कानुन संशोधन हुँदै, कानुन मन्त्रालयलाई राय पठाउदै यातायात मन्त्री राई

Jul 21, 2022 10:56 AM Merolagani

युबराज बस्नेत

शुल्क र भाषाको बिषयमा लामो समयदेखि विवादित बन्दै आएको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ ।

यातायात मन्त्री मोहम्मद इश्तियाक राईले हाल अंग्रेजी भाषामा जडान भइरहेको इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्ने गरी कानुन मन्त्रालयसँग कानुन संशोधनका लागि राय पठाउने भएका हुन् ।

यस अघि भौतिक पूर्वाधार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राईंले इम्बोस्ड नम्बर प्लेटको भाषा,शुल्कदर र लाइसेन्स छपाईंको बिषयमा अध्ययन गर्न सहसचिवको नेतृत्वमा एक समिति गठन गराएका थिए ।

यातायात मन्त्री राईले इम्बोस्ड नम्बर प्लेटको भाषाको बिषयमा अन्तरमन्त्रालय स्तरमा समन्वय भइरहेको र कानुन मन्त्रालयलाई पनि मन्त्रालयको राय पठाउने तयारी भएको बताए ।

‘इम्बोस्ड नम्बर प्लेटको भाषाको बिषयमा कानुनी जटिलता धेरै रहेका छन, यसका लागी अन्तरमन्त्रालय स्तरमा छलफल र कानुन मन्त्रालयलाई मन्त्रालयको तर्फबाट राय पठाउदै छौं’ मन्त्री राईले मेरोलगानीसँग भने ‘अनुसूचीहरुमा थोरै जटिलता छ।’ 

उनका अनुसार आरएफआईडि रिडिङ प्रणाली अंग्रेजी नै हुने तर, प्लेटमा भने नेपाली भाषा नै हुनुपर्छ भन्ने हिसाबले अनुसूची संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्री राईको भनाई छ ।

उनले थप ‘सो प्रक्रियाको लागि कानुन मन्त्रालयबाट राय आउदा र बनेको समितिले प्रतिवेदन बुझाउन केहि समय लाग्ने देखिन्छ । शुल्क दर हेरफेर गर्न मेरो कुनै अधिकार हुँदैन किनकी त्यो ठेक्का प्रक्रियाबाट भएको बिषय हो।’ 

मन्त्रीको भनाई अनुसार इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुने गरी नीतिगत रुपमा काम भइरहेको छ ।

गत महिना यातायात विभागले असार भित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भन्दै एक सूचना जारी गरेको थियो । उक्त सूचना जारी भएपछि देशव्यापी रुपमा इम्बोस्ड नम्बर प्लेटको भाषा र शुल्कको बिषयमा विवाद उत्पन्न भएको थियो ।

अहिले इम्बोस्ड नम्बर प्लेटको छपाईं र जडानको काम मलेसियन कम्पनी डेकाटुर टिइगरले काम गरिरहेको छ ।

५ बर्ष भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएपनि सर्वोच्च अदालतमा मुद्दाको कारण हालसम्म ३० हजार सवारीमा मात्रै जडान भएको छ ।

पछि यातायात विभागले उक्त कम्पनीलाई २२ महिना समय थप गरेको थियो । सम्झौता अनुसार अब १२ महिना मात्रै बाँकी छ तर, २४ लाख ७० हजार हाराहारी सवारीसाधनमा प्लेट छपाईं गर्न सम्भव नभएको सरोकारवाला बताउछन ।

अंग्रेजी भाषामा जडान भइसकेको के हुन्छ ?

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट छपाईं गर्ने प्रक्रिया अघि बढ्ने भएपनि हालसम्म अग्रेजी भाषामा जडान भइसकेका सवारीको हकमा के हुने भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

यातायात विभागका अनुसार हालसम्म ३० हजार बढी सवारीसाधनमा अग्रेजी भाषासहितको इम्बोस्ड नम्बर जडान भइसकेको छ । हजारौं सवारीमा इम्बोस्ड नम्बर जडान भइसकेको अवस्थामा फेरि नेपाली भाषा बनाउदा सेवाग्राही मर्कामा पर्ने भएका छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।