खल्ती मार्फत् एस.ई.ई २०७८/७९ को नतिजा निःशुल्क हेर्न सकिने

Jul 25, 2022 02:18 PM Merolagani



‘खल्ति’ले एस.ई.ई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ। यस सहकार्यसँगै अब एस.ई.ई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन्।

नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एस.ई.ई को नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“एसएलसी को नतिजा पत्रिकामा हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएस बाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महशुष भएको थियो। अहिले हामी खल्ती एपबाटै निःशुल्क नतिजा हेर्न मिल्ने समय सम्म आईपुगेका छौं र यो प्रविधिमा ठुलो रूपान्तरण हो।”

करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन दिई आएको छ।

 




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।