चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी नियन्त्रणमा

Jul 25, 2022 03:40 PM Merolagani



चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौंको गैह्रीगाउँका तीन ठाउँमा रहेको कलसेन्टरमा काठमाडौं प्रहरी परिसर,नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेको हो ।

उक्त कलसेन्टका सबै कागजात नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाक सहितको टोली निगरानीमा खटाइएको छ ।

यस्ता कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भरहेको प्रहरीले जनाएको छ ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।