चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी नियन्त्रणमा

Jul 25, 2022 03:40 PM Merolagani



चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौंको गैह्रीगाउँका तीन ठाउँमा रहेको कलसेन्टरमा काठमाडौं प्रहरी परिसर,नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेको हो ।

उक्त कलसेन्टका सबै कागजात नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाक सहितको टोली निगरानीमा खटाइएको छ ।

यस्ता कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भरहेको प्रहरीले जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।