Thu, Mar 19, 2026
साउन १८ गते, बुधबार, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन बाँडफाँट गरिएको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो। सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो। सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन बाँडफाँट गरिएको हो।
निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो। सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।