गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

Aug 03, 2022 05:02 PM Merolagani



गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, "Challenges  Ignites Success", नारामा सम्पन्न गरेको छ। दुइ दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पङ्क्तिबद्ध गर्ने थियो। कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, “विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, इनोभेसनको कारण हामी नेपालकै सर्वाधिक बिक्रिहुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ।“

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।