राष्ट्रिय बीमा कम्पनीलाई बीमा समितिको चेतावनीः 'तोकिएको समयमा पूँजी नपुर्याए कारबाही गर्छौ, सरकारी भनेर अब छुट पाउँदैन'

Aug 03, 2022 06:29 PM Merolagani

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले राष्ट्रिय बीमा कम्पनी (RBCL) लाई तोकिएको समयभित्र पूँजी नपुर्याए कारबाही गर्ने चेतावनी दिएका छन् । कम्पनीको ९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कारवाही गर्ने चेतावनी दिएका हुन् ।

'समितिको तोकेको अवधि भित्र कम्पनीले चुक्ता पूँजी पुर्याउनु पर्छ । अब सरकारी स्वामित्वको कम्पनी भनेर छुट पाउँदैन । पूँजी वृद्धि नगरे समितिले कारबाही गर्छ,' उनले भने, 'कम्पनी सञ्चालक समितिले कसरी पुर्याउने हो, पुर्याउनु । त्यसको लागि समिति सहजीकरण गर्न तयार छ । बीमा ऐनले सरकारी र निजी कम्पनी भन्दैन ।'

बीमा ऐन अनुसार सबै बीमा कम्पनीले तोकिएको समय भित्र चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । तर समितिले यस अघिकै न्यूनतम चुक्ता पूँजी १ अर्ब रुपैयाँ पनि पुर्याएको छैन् । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ ।

यस अघि सरकारले नियमन गर्न समितिको भुमिकामा हस्तक्षेप गरेको संकेत गर्दै उनले नियामकलाई आफ्नो भुमिका निर्वाह गर्न दिन सरकारलाई आग्रह गरे ।

यस्तै तोकिएको समयमा अडिटको काम नसकाए पनि कारबाही गर्ने अध्यक्ष सिलवालले कम्पनीलाई चेतावनी दिएका छन् ।

'कम्पनीबाट प्राप्त भएका कुनै पनि विवरण रोकिएको छैन । बरु सर्त सहित प्राप्त भएका सबै विवरण स्वीकृत भएका छन् । सर्त नराखी पारित गर्ने अवस्था छैन,' उनले भने, 'बाँकी रहेका वित्तीय विवरण समयमा नै तयार नपारेको कारबाही गछौं । तोकिएको समयमा लेखापरीक्षण नगराए कारोबार रोकिन्छ ।'

हालसम्म कम्पनीले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गरेको छ । बाँकी आर्थिक वर्षको वित्तीय विवरण पनि तयार पर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले चालु आर्थिक वर्ष भित्रै पाँच आर्थिक वर्षको अडिटको काम सकाउने जानकारी गराए ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।