मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार

Aug 04, 2022 05:38 AM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।

सो अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।