कोरोना बीमाको दाबी भुक्तानी अब छिटै हुन्छ: राजश्व सचिव पुष्कर

Aug 04, 2022 12:42 PM Merolagani



अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले कोरोना बीमाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सचिव पुष्करले उक्त जानकारी गराएका हुन् ।

'कोरोना बीमाको दाबी भुक्तानी दिनु चुनौति छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्रालयले अन्तिम चरणमा पुर्याएको छ ।' उनले भने,'स्रोत साधन सहित निकर्षमा पुगिसकेको छौं । अब छिटै दाबी भुक्तानी वापतको रकम निकास हुन्छ ।'

कारोना बीमा भुक्तानीको लागि अर्थमन्त्रालयले बीमा समितिसँग विभिन्न मोडालिटीमा छलफल गरेको जानकारी गराउदै उनले त्यस विषयमा छिटै निर्णय हुने बताएका हुन् ।

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ५१ हजार ६८७ वटा दाबी मार्फत ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

कुल दाबी रकम मध्ये ६७.७० प्रतिशत अर्थात १० अर्ब ४४ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार ३९० वटाको भुक्तानी गर्नुपर्ने देखिन्छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ ।

त्यस अनुसार आफ्नो दायित्वमा पर्न आउने ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । त्यस बाहेक पनि बीमा थप एक अर्ब ४८ करोड रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गरेको देखिन्छ ।

मापदण्ड अनुसार ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने व्यवस्था छ । तर सरकारले आफ्नो दायित्वमा पर्न आउने रकम हालसम्म पनि निकास नहुँदा बीमितहरुले बर्षौदेखि दाबी भुक्तानी पाएका छैनन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।