बलियो बन्दै सहकारी बैंक, १५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता

Aug 04, 2022 03:13 PM Merolagani



राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईले राष्ट्रिय सहकारी बैंक बलियो बन्दै गएको बताए। २० औं स्थापना दिवसको अवसरमा बोल्दै गुरागाईले केहि वाणिज्य बैंकहरुको भन्दा यस बैंकको पुँजी कोष बलियो भएको बताएका हुन् ।

सहकारी बैंकले संयमित भएर कर्जा लगानी गरेको छ। सदस्यहरुको सहजता, उत्पादन क्षेत्रको विकाससँगै उत्कृष्ट वित्तीय सेवा प्रदान गरेको गुरागाईको दावी छ।

हालसम्म बैंकमा करिब १५ हजार सदस्य रहेका छन्। आगामी दिनमा सदस्य संख्या र सदस्यहरुको क्षमता अभिवृद्धसँगै वित्तीय सेवामा मजबुद बनाउदै लैजाने उनले प्रतिवद्धता जनाए। बैंकले आफ्ना शेयर सदस्यहरुलाइ लाभांश वितरण गर्दै आएको छ। बैंकले १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको जानकारी गराए।

बैंकले इ–लाइब्रेरी स्थापना गरेको छ । लाइब्रेरीमा सहकारीका ऐन, कानुन, निर्देशन तथा परिपत्रका साथै नमुना नीति तथा कार्यविधिहरु, तालिमका भिडियोहरु, लेख रचनालगायतका शिक्षा तथा सूचनामूलक सामग्रीहरु हुने छ। सहकारी सम्बन्धी कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्न तथा संस्थाहरुको कामलाई समेत सहज हुने  गुरागाईको दाबी छ । 

त्यसैगरी, नविनतम सूचना प्रविधिमा आधारित एटीएम कार्ड वितरण गर्दै छ। उक्त कार्ड मार्फत रियल टाइममा पनि पैसा निकाल्न सकिने गुरागाईले बताए। सहकारीले बैंकको इ–बैंकिङ सर्भिस लिदा पैसा राख्न र झिक्न सक्नुका साथै अनलाईनबाटै शेयर सदस्य बन्न सक्ने सुविधा प्राप्त गर्ने छन्। गुरागाईले भने, 'सहकारीका सेवा प्रविधिमैत्री हुनु पर्छ । यसका लागि काम गरिरहेका छौं। साथै भेन्डरहरुसँग सहकार्य गरेर क्यूआरकोड वितरण गर्ने छ।'

सरकारले सहकारीहरुको तथ्यङक संकलन गर्नको लागि चलाएको कोपोमिस अभियानमा बैंक पनि सक्रिय रहेको छ। कोपोमिसमा सहकारीहरुको आवद्धतता बढाउनका लागि बिभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताए। बैंकले देशभर ६८ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।