गौतमश्री समस्याग्रस्त घोषित गर्न मन्त्रालयमा सिफारिस

Aug 04, 2022 03:31 PM Merolagani



कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित गर्न सहकारी विभागले भूवि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गरेको छ।

बिहीबार विभागले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।

सहकारी ऐनको दफा १०४ (१) को प्राबधान बमोजिम गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ११ सय भन्दा बढी बढी पीडित बचतकर्ताले एक अर्ब ७५ करोड भन्दा बढीको माग दावी सहित विभागमा उजुरी गरेका छन्।

विभागका अनुसार गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिनुहुन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कुनै पनि सम्पर्कमा नआएको विज्ञप्तिम उल्लेख छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।