प्राइम लाइफ इन्स्योरेन्सको सिईओमा निर्मल दाहाल नियुक्त

Aug 04, 2022 03:37 PM Merolagani



प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न अनुमति दिएको हो ।

तत्कालिन सिइओ मनोजकुमार भट्टराईको कार्यकाल असार मसान्तमा सकिएपछि उक्त पद रिक्त थियो । श्रावण १ गतेदेखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिरहेका थिए ।

बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न स्वीकृति दिएसँगै अब बस्ने कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षको लागि सिईओ नियुक्त गर्नेछ ।

दाहाललाई प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात बन्ने कम्पनीको समेत सिइओ तयारी छ । 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका दाहालसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव रहेको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।