Tue, Dec 30, 2025
स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसिसि बैंक राष्ट्र बैंककाे कारवाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको कारण कारवाहीमा परेका हुन।
केन्द्रिय बैंकले स्ट्यान्डर्ड चाटर्ड बैंकलाई ६३ हजार ५९७ रुपैयाँ ८३ पैसा र एनसिसि बैंकलाई ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो।
पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।