नाफासँगै बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको ईपीएस

Aug 05, 2022 03:39 AM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुबै बढेको छ।

सो अवधिसम्ममा बैंकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १६.२९ प्रतिशत र सञ्चालन मुनाफा ४६.६९ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २८.१७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १६.६९ प्रतिशत बढेको छ भने कर्जा २३.६० प्रतिशत बढेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।