ग्रीन डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो

Aug 05, 2022 04:44 AM Merolagani



ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा उल्लेख्य बढेको छ।

सो अवधिसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.३४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.३१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.६४ प्रतिशत र सञ्चालन मुनाफा ८०.१३ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ४ रुपैयाँ ६६ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ६७.७४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ५७.७५ प्रतिशत र कर्जा ३९.१८ प्रतिशत बढेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।