तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

Aug 05, 2022 11:55 AM Merolagani



नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ। बैंकर्स स‌ंघको शुक्रबार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको हो।

राष्ट्र बेंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेपनि बैंकरहरुले भने तत्काल ब्याजदर नबढाउने निर्णय गरेका छन्।

बैंकहरुले गत फागुनदेखि नै निक्षेपको ब्याजदर बढाएका छैनन्। फागुनमानै मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पुर्याएका बैंकहरुले सो पश्चात त्यहि ब्याजदरलाई निरन्तरता दिँदै आएका छन्। राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि बैंकहरुले ब्याजदर घटबढ गर्न पाउने व्यवस्था गरेपनि अहिले पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमतिमा बैंकहरु पुगेका हुन। भदौको लागि के गर्ने भन्ने विषयमा भने साउन अन्तिममा छलफल गर्ने भएका छन्। 

यसअघि संस्थागत मुद्दती निक्षेपमा बैंकहरुले १०.०३ प्रतिशत ब्याज दिँदै आएकोमा अब संंस्थागत निक्षेपको ब्याजदर भने ९.०३ प्रतिशतमा झर्ने भएको छ।

अहिले बैंकहरुबाट निक्षेप लगातार घटिरहेको छ। साउनयता नै करिब १ खर्ब निक्षेप प्रणलीबाट बाहिरिएको छ। विगतमा पनि ब्याजदर बढाउदा पनि निक्षेप संकलन नबढेपछि बैंकरहरु ब्याजदर बढाउने पक्षमा देखिदैनन्।

ब्याजदर बढाउदा बैंकहरुको निक्षेप नबढ्ने तर बैंकहरुको लागत मात्रै बढ्ने भएकोले पनि उनीहरु निक्षेपको ब्याजदर बढाउने पक्षमा नदेखिएका हुन्।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।