रिलायन्स फाइनान्सको खुद नाफा ५१ प्रतिशतले घट्यो, अन्य सूचक कस्ताे?

Aug 05, 2022 01:43 PM Merolagani



रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्ससमा ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.३७ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा खुम्चिदा खुद नाफा घट्न पुगेको हो ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६७.४१ प्रतिशतले बढेर २५ करोड २८ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन मुनाफा भने ५३.५९ प्रतिशतले घटेर १० करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।

फाइनान्सको निक्षेप संकलन १७.६७ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड २ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि १७.४४ प्रतिशतले बढेर ५ अर्ब १७ करोड १७ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको खराब कर्जा भने १.८३ प्रतिशतले घटेर २.३३ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको खराब कर्जा ४.१६ प्रतिशत रहेको थियो ।

हाल एक अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ४४.९० गुणा रहेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।