नेश्डो लघुवित्तको ब्याज आम्दानी घटेपनि बढ्यो नाफा

Aug 05, 2022 02:35 PM Merolagani



नेश्डो लघुवित्तले गत आर्थिक वर्षमा ७१ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढ्दा उसको नाफा बढेको हो।

गत आर्थिक वर्षमा लघुवित्तले २२ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष लघुवित्तले १२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष लघुवित्तले ७१.०६ प्रतिशतले नाफा बढाएको हो।

विवरण अनुसार गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी ७.५८ प्रतिशतले घटेको छ तर उसको अन्य सञ्चालन आम्दानी ३४ प्रतिशतले बढेको छ।

हाल २५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा र प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।