नेपाल फाइनान्सको खुद व्याज आम्दानीसँगै नाफा पनि उल्लेख्य बढ्यो

Aug 05, 2022 03:22 PM Merolagani



नेपाल फाइनान्स लिमिटेड (NFS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा फाइनान्सले २ करोड ६२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी बढेपछि नाफामा पनि उल्लेख्य सुधार देखिएको हो ।

यस अवधिमा फाइनान्सको खुद व्याज आम्दानी २८४.२५ प्रतिशतले बढेर ७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा फाइनान्सले २ करोड ९९ हजार रुपेयाँ मात्रै खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै फाइनान्सको सञ्चालन मुनाफापनि २१२.२० प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सले १ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ९१लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चुक्ता पूँजी ७२ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३१.२५ गुणा रहेको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।