भारतीय केन्द्रिय बैंकले फेरि बढायाे ब्याजदर, महंगी दर ७.१ प्रतिशतमाथि

Aug 05, 2022 03:55 PM Merolagani



भारतीय केन्द्रिय बैंकले ब्याजदर वृद्धि गरेको छ । रिजर्व बैंक अफ इन्डियाले ५० अंकसम्म रिपो रेट बढाउने निर्णय गरेको छ। आरबीआईको यो निर्णयपछि रिपो रेटको दर ४.९ प्रतिशतबाट बढेर ५.४० प्रतिशत पुगेको छ ।

केन्द्रिय बैंकले भारतको मुद्रास्फितीलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो । भारतको बजारमा मुद्राको प्रवाहलाई नियन्त्रण गर्नका लागि रेपो रेट बढाउने निर्णय गरेको छ । आरबीआई गर्भनर शक्तिकांत दासले तीन दिनसम्म चलेको मौद्रिक नीति समितीको बैठकपछि यस्तो व्याजदर बढाउने घोषणा गरेका हुन् ।

यस अघि मे महिनामा रिपो रेट ५० प्रतिशत विन्दुले बढाएर ४.९० प्रतिशत पुर्याएको थियो ।

भारतमा महंगी दर ७.१ प्रतिशत माथि

भारतमा जून महिनामा महंगी दर ७.०१ प्रतिशत रहेको छ । निरन्तर छैठौं पटक महंगी दर आरबीआईले तोकेको ५ प्रतिशतभन्दा धेरै रहेको छ । यसअघि मे महनिामा खुद्रा महंगी दर ७.०४ थियो। यस्तै अर्कोतर्फ केन्द्रिय बैंक आरबीआईले २०२२/२३ कालागि मुद्रास्फिती दरको अनुमान ५.७ प्रतिशतबाट बढाएर ६.७ प्रतिशत पुर्यायो ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।