अब भने नेपालमा एनसेलले पनि फोरजी नेटवर्कमा भ्वाइस सेवालाई गुणस्तरीय बनाउन भोल्टे सेवा औपचारिक रुपमा सुरु गरेको हो । यस अघि नेपाल टेलिकमले सबै मोबाइल ब्रान्डमा चल्ने गरी देशैभर यो सेवा सञ्चालमा ल्याएर मोबाइल गुणस्तरलाई प्रभावकारी बनाएको छ ।
हाल एनसेलले पनि पहिलो चरणमा सिमित मोबाइलमा मात्रै चल्ने गरी भोल्टे सेवालाई अघि बढाएको छ । एनसेलले देशैभर फोरजी नेटवर्क विस्तार गरिरहेको छ ।
फोरजी नेटवर्कमा आधारीत यो सेवा सञ्चालनपछि भ्वाइस नेटवर्क एचडिमा कन्भर्ट हुने सेवाप्रदायक कम्पनीले जनाएको छन ।
एनसेलका एक अधिकारीले नेपाल भर भिओएलटिई सेवा उपलब्ध गराउने गरी मोबाइल निमार्ता कम्पनीहरुसँग समन्वय भइरहेको जानकारी दिए । ती अधिकारीका अनुसार अहिले केहि मोबाइलमा मात्रै भोल्टे सेवा सपोर्ट गरिरहेको छ ।
एनसेलले फोरजी नेटवर्कमा केहि दिन अघि मात्रै भोल्टे सेवा इनेबल गरिसकेको छ । खासगरी मोबाइल निमार्ता कम्पनीहरुसँग एनसेलले भोल्टे सेवा उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।
नेपालमा अहिले हुवावेका केहि मोबाइलमा मात्रै यो सेवा सुरु भएको छ भने अन्य मोबाइलमा केहि समय भित्र सिस्टम तयार हुने कम्पनीले जनाएको छ ।
के हो भोल्टे सेवा ?
भीओएलटीई अर्थात् भ्वाइस ओभर एलटीई । यसलाई सरल भाषमा एलटीई नेटवर्कले फोरजी नेटवर्कको माध्यमबाट भ्वाइस कल ट्रान्सफर र रिसिभ गर्ने काम गर्छ ।
भीओएलटीईमा कल एचडी क्वालिटीमा आउँछ । जब कसैलाई कल जान्छ तब एलटीई फोरजी नेटवर्कको माध्यमबाट जान्छ र कनेक्सन टाइम अल्ट्रा फास्ट हुन्छ । थ्रीजी वा टुजी प्रयोग गर्दा कनेक्सन टाइम पाँचदेखि १० सेकेण्डसम्म लाग्न सक्थ्यो ।
यसका अतिरिक्त यो नेटवर्कलाई भीओएलटीई कल भएको थाहा हुने हुँदा यसले कललाई प्राथमिकता दिन्छ, जसले कलमा आवाज ढिलो आउने वा अवरोध आउने समस्या हुँदैन । भीओएलटीईमा प्रयोगकर्ताले क्रिस्टल क्लियर भ्वाइस पाउन सक्छन् ।