अर्थमन्त्रीले भने ‘बजेटमा घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुन्छ’

Aug 08, 2022 02:42 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिएका छन् । कर्मचारीको तलब वृद्धि बजेट घोषणा विपरीत रहेको भन्दै कर्मचारीहरु असन्तुष्ट राखेपछि अर्थमन्त्रीले यस्ताे प्रतिक्रिया दिएका हुन्।

सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणा अनुसार नै तलब बृद्धि हुने बताएका हुन ।

अर्थमन्त्री शर्माले बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले बताए ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाएका हुन ।

बजेट भाषण अनुसार सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ ।

तर, पछि कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक डकुमेन्ट सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।