महालक्ष्मी विकास बैंकद्वारा "महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता" सार्वजनिक, ७० महिनामै रकम डबल हुने

Aug 08, 2022 04:28 PM Merolagani



महालक्ष्मी विकास बैंक(MLBL)ले छिटो पैसा डबल हुने नयाँ मुद्दती योजना "महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता" सार्वजनिक गरेको छ । १० हजार रूपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंककाे प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु तथा करिब ६ लाख गहकहरु रहेका छन् ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।