एनएमबी क्यापिटल पनि अब एनपीएसमा आबद्ध

Aug 09, 2022 02:31 PM Merolagani

एनएमबी क्यापिटल लिमिटेड(NMBCL)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ ।

सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

एनएमबी क्यापिटल लिमिटेड मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङ्गको क्षेत्रमा एनएमबी बैंक लिमिटेडको पूर्ण स्वामित्व रही एक दशक भन्दा लामो समय देखि सञ्चालनमा रहेको सहायक कम्पनी हो । हाल उक्त कम्पनीले क्ष्एइ लगायत धितोपत्र र यसको व्यवस्थापन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

१८ प्रतिशतसम्म ब्याज पुग्छ भनिरहेका बेला ‘लोन’ लिएर लगानी गर्नु डुब्नु हो, ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छः रौनियारको बिचार

Sep 19, 2022 06:01 PM

छोटेलाल रौनियार
ब्याजदरका बिषयमा बैंकहरुबीच ६ महिनादेखिको भद्र सहमति तोडिएको छ । बैंकहरुले कम्तिमा पनि ८ महिनासम्म भद्र सहमति तोडदैनौं भन्ने कुरा आइरहेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले कहीँ कहीँ यो कुरा भन्नु भएको थियो ।