हकप्रद निष्काशनको प्रस्ताव सहित नेशनल हाइड्रो पावरले विशेष साधारण सभा बोलायो

Aug 09, 2022 12:10 PM Merolagani



नेशनल हाइड्रो पावर कम्पनी (NHPC) ले हकप्रद निष्काशनको प्रस्ताव सहित विषेश साधारण सभा बोलाएको छ । कम्पनीले भदौ १० गते शुक्रबार बिहान ११ बजे, डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा सभा बोलाएको हो ।

सभाले बोनस शेयर वितरण पश्चात र सुनकोशी हाइड्रो पावर कम्पनीको प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद र सुनकोशी हाइड्रो पावर कम्पनी प्राप्ति पश्चात पूँजी वृद्धि हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथ नियमावली संशोधन गर्नेछ ।

यस्तै कम्पनीको २२ हजार ४७० कित्ता साधारण शेयर वापत ७ लाख २५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसावमा १५ लाख २२ हजार रुपैयाँ भुक्तानी प्राप्त नभएको देखिदै आएकोले त्यसको हिसाव मिलान गर्न सञ्चालक समितिलाइ अख्तियारी समेत दिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार भदौ १ गतेसम्ममा कायम शेयरधनी मात्रै सभामा सहभागी हुन सक्नेछन् ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।