हकप्रद निष्काशनको प्रस्ताव सहित नेशनल हाइड्रो पावरले विशेष साधारण सभा बोलायो

Aug 09, 2022 12:10 PM Merolagani



नेशनल हाइड्रो पावर कम्पनी (NHPC) ले हकप्रद निष्काशनको प्रस्ताव सहित विषेश साधारण सभा बोलाएको छ । कम्पनीले भदौ १० गते शुक्रबार बिहान ११ बजे, डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा सभा बोलाएको हो ।

सभाले बोनस शेयर वितरण पश्चात र सुनकोशी हाइड्रो पावर कम्पनीको प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद र सुनकोशी हाइड्रो पावर कम्पनी प्राप्ति पश्चात पूँजी वृद्धि हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथ नियमावली संशोधन गर्नेछ ।

यस्तै कम्पनीको २२ हजार ४७० कित्ता साधारण शेयर वापत ७ लाख २५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसावमा १५ लाख २२ हजार रुपैयाँ भुक्तानी प्राप्त नभएको देखिदै आएकोले त्यसको हिसाव मिलान गर्न सञ्चालक समितिलाइ अख्तियारी समेत दिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार भदौ १ गतेसम्ममा कायम शेयरधनी मात्रै सभामा सहभागी हुन सक्नेछन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।