आयात कडाइले बजारमा अबैध मोबाइल छ्यापछ्याप्ति, एमडीएमएसमा निरिह बन्यो दूरसञ्चार प्राधिकरण

Aug 10, 2022 11:37 AM Merolagani



सरकारले मोबाइल आयातमा कडाइ गरेपछि बजारमा अबैध मोबाइल छ्यापछ्याप्ति पाइन थालेका छन् । गत बैशाखदेखि ६०० डलर माथिका मोबाइल आयात प्रतिबन्ध लगाएको सरकारले साउनदेखि तीन सय डलर माथिका मोबाइलमा समेत कडाइ गरेपछि बजारमा ग्रे मार्केट मौलाएको हो ।

नेपालमा पछिल्लो समय ३० देखि ५० हजारमा स्मार्टफोन अत्याधिक बिक्री हुन थालेका छन । सर्वाधिक विक्री हुने फोन समेत नेपाल भित्रिन नपाएपनि बजारमा त्यस्ता फोनको अभाव भने छैन ।

खासगरी, त्यस्ता फोन चारी पैठारीको माध्यमबाट आयात भइ बजारमा बिक्री भइरहेका छन ।
मोबाइल आयातकर्ता संघको स्टिकर सहितको आधिकारीक फोन भन्दा पनि चोरी पैठारीबाट नेपाल भित्रिएका मोबाइलको व्यापार मौलाएको छ ।

व्यवसायीका अनुसार मोबाइल आयातमा प्रतिबन्ध नहुँदा ३५ प्रतिशत स्मार्टफोन चोरी पैठारीको माध्यमबाट आइरहेकोमा आयातमा कडाइ गरेपछि ७० प्रतिशत मोबाइल फोन चोरी पैठारीको माध्यमबाट  खुलमखुल्ला बिक्री भइरहेका छन् ।

अझ साउन यता मिडरेन्जका मोबाइलमा समेत आयातम रोक लागेपछि अवैध फोनको बिक्री नियन्त्रण गर्ने नसक्ने अवस्थामा पुगेको व्यवसायीको दाबी छ ।

मोबाइल आयातकर्ता संघ नेपालका उपाध्यक्ष सञ्जय अग्रवालले अत्यावश्यक मोबाइल फोनलाई ४ महिनादेखि कडाइ गरेपछि सरकार अवैध मोबाइल आयातको संरक्षक जस्तै देखिएको बताए ।

‘अवैध मोबाइल आयातलाई रोक लगाउन कुनै संयन्त्र अपनाउन नसक्ने सरकार अहिले व्यवसायीले ल्याउने मोबाइल फोनलाई रोकेर ग्रे माकेटलाई फस्टाउन सहयोग गरिरहेको छ,’ अग्रवालले मेरोलगानीसँग भने ‘अघिपछि नेपाल भित्रिने अबैध मोबाइल तुलनामा साउनपछि ४० प्रतिशतले बढेको अनुमान छ।’ 

बजारमा अहिले मिडरेन्जका फोनहरु ग्रे मार्केटबाट आएका मात्रै पाइने गरेको व्यवसायीको आरोप छ । अवैध मोबाइल आयातलाई रोक्ने कुनै संयन्त्र नबन्दा राज्यलाई बार्षिक १० अर्ब भन्दा बढी रकम गुम्दै आएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले साउन भित्रै मोबाइल बजारलाई नियामन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने बताए पनि व्यवसायीले सो प्रणाली लागु नहुने निष्कर्षमा पुगिसकेको छ ।
२०७६ साउनबाटै लागु हुनुपर्ने एमडिएमएस प्राधिकरणले ठेक्का दिएको कम्पनीले हालसम्म पनि आवश्यक उपकरण आपूर्ति गर्न सकेको छैन ।

दूरसञ्चार प्राधिकरणको नेतृत्वको असक्षमताले राज्यले बर्षेनी अबौं रुपैयाँ गुमाउदै आएको छ भने उपभोक्ता पनि स्मार्टफोन खरिदमा ठगिदै आएका छन ।

एक मोबाइल व्यवसायीका अनुसार सरकारले मोबाइल आयातमा समेत प्रतिबन्ध लगाउदैन भन्ने विश्वस्त रहेका कारण नेपालको मोबाइल बजारमा यस्तो अवस्था आएको बताए ।

‘यदि आयात प्रतिबन्ध लाग्नु अघि मोबाइल आयातकर्ताले सूचना पाएको भए यो अवस्था आउदैनथ्यो’ ती व्यवसायीले भने ‘अहिले ठूलो मोबाइल विक्रेता भनौदा कम्पनीहरुसँग पनि स्टक मोबाइल छैन।’ 

यो सँगै दशै तिहारमा समेत उपभोक्ताले खोजेको मोबाइल पाउनेमा व्यवसायी विश्वस्त छैनन् । सबैभन्दा बढी मोबाइल तथा इलेक्ट्रिक समान बिक्री हुने समयमा भदौंपछि आयात प्रतिबन्ध खोलेपनि समान आउन दुई महिन लाग्ने व्यवसायी बताउछन ।

सरकारले चारमहिनादेखि लगाउदै आएको आयात प्रतिबन्धका कारण चाडपर्वमा मोबाइलको हाहाकार हुने देखिएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।