इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

Aug 09, 2022 04:32 PM Merolagani



इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ। बैशाख १, २०७९ बाट सुरू भएर साउन ४, २०७९ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रर्वर्द्धन गरेको थियो ।

“बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ“ मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५,००० रूपैयाँ प्रदान गरिएको थियो।

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रूपैयाँ व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामि खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।