कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, दुई जनाको निधन

Aug 09, 2022 04:51 PM Merolagani



मंगलबार कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार ३०० नमुना परीक्षणमा एक हजार ९० जनामा संक्रमण पुष्टि भएका छन् । यो संख्या पछिल्लो ६ महिना यताकै उच्च हो । यसअघि माघ २८ गते, एक हजार १२८ जनामा संक्रमण देखिएकाे थियाे ।

२४ घण्टामा २ हजार ९५८ पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३ हजार ३४२ एन्टिजेन परीक्षण गर्दा ५३० जनामा सो संख्यामा कोभिड १९ पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३०४ जना, ललितपुरका ७२ जना र भक्तपुरका २१ जना छन्।

मंगलबार भने कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसैगरी, सो अवधिमा निको हुनेको संख्या ४३८ रहेको छ । हाल देशभरमा सक्रिय संक्रमित पाँच हजार ८०६ जना रहेका छन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।