कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, दुई जनाको निधन

Aug 09, 2022 04:51 PM Merolagani



मंगलबार कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार ३०० नमुना परीक्षणमा एक हजार ९० जनामा संक्रमण पुष्टि भएका छन् । यो संख्या पछिल्लो ६ महिना यताकै उच्च हो । यसअघि माघ २८ गते, एक हजार १२८ जनामा संक्रमण देखिएकाे थियाे ।

२४ घण्टामा २ हजार ९५८ पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३ हजार ३४२ एन्टिजेन परीक्षण गर्दा ५३० जनामा सो संख्यामा कोभिड १९ पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३०४ जना, ललितपुरका ७२ जना र भक्तपुरका २१ जना छन्।

मंगलबार भने कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसैगरी, सो अवधिमा निको हुनेको संख्या ४३८ रहेको छ । हाल देशभरमा सक्रिय संक्रमित पाँच हजार ८०६ जना रहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।