मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Aug 09, 2022 05:00 PM Merolagani



साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) को शेयर नेप्सेमा सूचीकृत भएको छ ।

हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एचइआई कारोबार संकेत प्रदान गरेको छ ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच १ः०.८५ अनुपातमा मर्ज भएको थियो ।

हिमालयन एभरेष्टले साउन १ गतेदेखि नै एकिकृत कारोबार गर्दै आएको छ ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।