ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच सम्झौता सम्पन्न

Aug 09, 2022 06:02 PM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरिसकेकाे छ ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको यस बैंककाे २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्र तथा ३० लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।