तीन महिनपछि मर्जरमा गएका हिमालयन र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार खुल्यो, एभरेष्टको शेयर खातामा नआउदा कारोबार गर्न पाएनन्

Aug 10, 2022 12:57 PM Merolagani



मर्जरको कारण रोक्का रहेको एभरेष्ट र हिमालयन इन्स्योरेन्सको शेयर कारोबार खुलेको छ। बुधबारदेखि एचइआई (HEI) कोर्डबाट शेयर कारोबार सुरु भएको हो।

मर्जर पश्चात बनेकाे इन्स्योरेन्सको शेयर कारोबार खुले पनि एभरेष्ट इन्स्योरेन्सका विद्यमान शेयरधनीले भने शेयर कारोबार गर्न पाएका छैनन्। हिमालयन इन्स्योरेन्सको शेयर स्वाप रेशियो अनुसार समायोजन भई हितग्राही खातामा एचइआईको नाममा शेयर आइसकेको भए पनि एभरेष्ट इन्स्योरेन्सको शेयर हितग्राही खातामा आएको छैन्। एभरेष्ट इन्स्योरेन्सको शेयर अझै इआइसि कोर्डमा नै रहेकोले गर्दा बुधबारको बजारमा कारोबार गर्न नपाइएको एक लगानीकर्ताले बताए।

हिमालयन इन्स्योरेन्सको शेयर समायोजन भएर खातामा आइसकेको छ तर एभरेष्ट इन्स्योरेन्सको शेयर लगानीकर्ताले कारोबार गर्न मिल्ने गरी खातामा आएको छैन्। कम्पनीकाे शेयर अझै पनि पुरानै नाममा छ। यसले गर्दा बिक्री गर्न नपाइएको उनले बताए।

वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो। सो पश्चात दुबै कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का छ।

एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी दुई इन्स्योरेन्स आपसमा गाभिएका थिए।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।