चरम आर्थिक संकटकाे सामना गरिरहेकाे श्रीलंकाले विुद्यतीय शुल्क २६४ प्रतिशतले बढायाे

Aug 10, 2022 01:38 PM Merolagani



श्रीलंकामा अब कम विद्युत खपत गर्ने उपभाेक्ताहरुले २६४ प्रतिशत धेरै शुल्क तिर्नुपर्ने भएको छ । तर धेरै खपत गर्नेहरुलाई भने यो शुल्क कम लाग्नेछ । सीलोन इलेक्ट्रिसिटी बोर्डका अनुसार शुल्क निर्धारण गर्ने नियामक संस्थाले महसुल वृद्धि गर्न अनुमति दिएको हाे ।

यो बढोत्तरी ९ वर्षमा पहिलो पटक भएको हो । सन् २०२२ अगस्ट १० बाट नयाँ शुल्क लागु हुने भएकाे छ ।

सीईबीले ८०० प्रतिशत भन्दा धेरै शुल्क वृद्धि गर्नकालागि निर्देशन दिएको थियो तर नियामकले यसमा परिवर्तन गरेर २६४ प्रतिशत बढाएको हो । सीईबीले विद्युतीय महसुलका कारण अहिलेसमम ६१.६ करोड डलरको घाटा बेहाेरेको छ। साेहि घाटाकाे क्षतिपुर्तिकालागि यस्तो शुल्क बढाइएको हो ।

औपचारिक रेकर्डका अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने परिवार यसबाट सबैभन्दा बढि प्रभावित हुनेछन् । ९० किलोवाटभन्दा धेरै विद्युत प्रयोग गर्नेहरुले बिलको ८० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । अहिलेसम्म प्रति युनिट २ रुपैयाँ ५० पैसा चार्ज तिर्ने उपभोक्ताले अब प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ । अर्कोतर्फ, योभन्दा धेरै उपभोग गर्ने उपभोक्ताले प्रति युनिट ४५ रुपैयाँको साटो ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

लामो समयसम्म ब्ल्याक आउट

श्रीलंकाकाे सीईबी थर्मल जेनेरेटरकालागि तेल खरिद गर्न सक्षम छैन । जसका कारण मुलुकले उच्च मुद्रास्फिती र लामो समयसम्म विद्युत अवरुद्धको सामना गरिरहेको छ । यसकालागि सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग कुरा गरिरहेको बताएको छ ।

एजेन्सी ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।