चरम आर्थिक संकटकाे सामना गरिरहेकाे श्रीलंकाले विुद्यतीय शुल्क २६४ प्रतिशतले बढायाे

Aug 10, 2022 01:38 PM Merolagani



श्रीलंकामा अब कम विद्युत खपत गर्ने उपभाेक्ताहरुले २६४ प्रतिशत धेरै शुल्क तिर्नुपर्ने भएको छ । तर धेरै खपत गर्नेहरुलाई भने यो शुल्क कम लाग्नेछ । सीलोन इलेक्ट्रिसिटी बोर्डका अनुसार शुल्क निर्धारण गर्ने नियामक संस्थाले महसुल वृद्धि गर्न अनुमति दिएको हाे ।

यो बढोत्तरी ९ वर्षमा पहिलो पटक भएको हो । सन् २०२२ अगस्ट १० बाट नयाँ शुल्क लागु हुने भएकाे छ ।

सीईबीले ८०० प्रतिशत भन्दा धेरै शुल्क वृद्धि गर्नकालागि निर्देशन दिएको थियो तर नियामकले यसमा परिवर्तन गरेर २६४ प्रतिशत बढाएको हो । सीईबीले विद्युतीय महसुलका कारण अहिलेसमम ६१.६ करोड डलरको घाटा बेहाेरेको छ। साेहि घाटाकाे क्षतिपुर्तिकालागि यस्तो शुल्क बढाइएको हो ।

औपचारिक रेकर्डका अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने परिवार यसबाट सबैभन्दा बढि प्रभावित हुनेछन् । ९० किलोवाटभन्दा धेरै विद्युत प्रयोग गर्नेहरुले बिलको ८० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । अहिलेसम्म प्रति युनिट २ रुपैयाँ ५० पैसा चार्ज तिर्ने उपभोक्ताले अब प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ । अर्कोतर्फ, योभन्दा धेरै उपभोग गर्ने उपभोक्ताले प्रति युनिट ४५ रुपैयाँको साटो ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

लामो समयसम्म ब्ल्याक आउट

श्रीलंकाकाे सीईबी थर्मल जेनेरेटरकालागि तेल खरिद गर्न सक्षम छैन । जसका कारण मुलुकले उच्च मुद्रास्फिती र लामो समयसम्म विद्युत अवरुद्धको सामना गरिरहेको छ । यसकालागि सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग कुरा गरिरहेको बताएको छ ।

एजेन्सी ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।