आजदेखि प्रतिफल वितरण गर्दै एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी

Aug 25, 2022 09:20 AM Merolagani



एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) र एनएमबि फिफ्टी (NMB50) ले आज अर्थात भदौ ९ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ।

यी दुबै फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि २१.०५२६३ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका थिए। सोही प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिनेछ।

यी फण्डहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।