आजदेखि प्रतिफल वितरण गर्दै एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी

Aug 25, 2022 09:20 AM Merolagani



एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) र एनएमबि फिफ्टी (NMB50) ले आज अर्थात भदौ ९ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ।

यी दुबै फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि २१.०५२६३ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका थिए। सोही प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिनेछ।

यी फण्डहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।