प्रभु र सेञ्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

Sep 04, 2022 06:00 PM Merolagani



नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई गाभ्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो।

दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका छन्।

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।