सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

Sep 06, 2022 10:36 AM Merolagani



सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीकाे सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।