नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Sep 13, 2022 10:54 AM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।