२०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ। बजारमा कुन-कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न FBH 2022 आयोजकहरूले यस कार्यक्रममा भ्रमण गर्न आव्हान गरेका छन्।
हाल पूरा विश्व नै यस्ता चुनौतीहरूबाट गुज्रिरहेको बेलामा सेन्चुरी FBH 2022ले यो कार्यक्रम आयोजना गर्दैछ । एफबीएच २०२२ मा पहिले भन्दा धेरै प्रतिस्पर्धी ,सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिने भएकाले एफबीएच२०२२ धेरै महत्त्वपूर्ण भएको आयोजकहरूले दाबी गरेका छन् ।
सेन्चुरी एफबीएच २०२२ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक र प्रबन्धकहरू , क्लब , बार वा पब मालिक प्रबन्धकहरू , पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपरमार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदिलाई एफबीएच २०२२ बिशेष आकर्षित गर्ने आयोजक बताउँछन् ।

यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । यहाँ करिब ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ।
यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्ट को विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुकालागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर भएकाे बताइएकाे छ। साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् ।