नेपाल लाइफको लाभांश प्रस्ताव

Sep 16, 2022 11:25 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको १५.७९ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।