गौतम अदाणी बने विश्वको दोश्रो धनाढ्य, कुन कम्पनीका कारण हुँदैछन् निरन्तर धनी ?

Sep 16, 2022 04:10 PM Merolagani

गौतम अदाणी विश्वको दोश्रो धनाढ्य बनेका छन् । अब एलन मस्कपछि विश्वका सबैभन्दा धनी व्यक्ति बन्ने गौतम अदाणीको पालो आएको छ । फोर्ब्स रियल टाइम बिलेनयर सूचकका अनुसार उनले अर्बपतिहरूकाे सूचीमा दोश्रो स्थानमा रहेका बर्नाड अर्नाल्टलाई पछि पारेका हुन्। 

यी दुईबीच दोश्रो स्थानकालागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यसैगरी,ब्लुमबर्ग बिलेनयर सूचकका अनुसार भने गौतम अदाणी तेश्रो स्थानमा छन् ।

कति छ गौतम अदाणीको सम्पत्ति ?

ब्लुमबर्गकाे अर्बपतिकाे सूचीका अनु्सार ६० वर्षका गौतम अदाणीको कुल सम्पत्ति १५४.७ अर्ब डलर छ । बर्नाड अर्नाल्टको सम्पत्ति पनि १५३.८ अर्ब डलर रहेको छ । सोही सूचीमा पहिलो स्थानमा रहेका टेस्लाका प्रमुख एलन मस्कको नेटवर्थ २७३.५ अर्ब डलर छ । अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको १४९.७ डलर छ ।

२०२२ मा लगातार अदाणीको सम्पत्ति बढ्दै

२०२२ मा अदाणी समुहको नेटवर्थ लगातार बढिरहेको छ । विश्वका शीर्ष १० धनाढ्यहरुको सूचीमा गौतम अदाणी र एलन मस्क मात्र यस्ता व्यक्ति हुन् जसको सम्पत्ति पछिल्लो २४ घण्टामा बढको देखिन्छ । साे समयमा अदाणीको नेटवर्थमा ४.९ अर्ब डलरले वृद्धि भएको छ । यस वर्षको जनवरीदेखि अहिलेसम्म अदाणीको सम्पत्तिमा ६०.९ अर्ब डलरभन्दा धेरैले बढोत्तरी भएको छ ।

 

फेब्रुअरी २०२२ मा गौतम अदाणीले मुकेश अम्बानीलाई पछि पारे

गौतम अदाणीले गत महिना माइक्रोसफ्टका प्रमुख बिल गेट्सलाई पछि पारेका थिए । बिल गेट्सको नेटवर्थ घटेर ११७ अर्ब डलरमा झरेको छ । ठुलो धनराशी दान गर्दा उनको नेटवर्थमा कमी आएको हो । अर्काेतर्फ अदाणीको नेटवर्थमा यस वर्ष ६० अर्ब डलरले बढोत्तरी भएको छ । याे भारतका अन्य धनी व्यक्तिहरुको तुलनामा पाँच गुणा धेरै हो । यस वर्ष फेब्रुअरीमा गौतम अदाणीले रिलायन्स समुहका प्रमुख मुकेश अम्बानीलाई पछि पारेका थिए । यसकासाथै अदाणी भारत तथा एशियाकै सर्वाधिक धनी बने । सन् २०२२ अप्रिलमा अदाणीको नेटवर्थ पहिलो पटक १०० अर्ब डलरभन्दा माथि पुगेको थियो ।

यस कम्पनीका कारण निरन्तर धनी हुँदै अदाणी

अर्बपतिहरुको सूचीमा गौतम अदाणीलाई दोश्रो स्थानमा पुर्याउन अदाणी इन्टरप्राइजेजको शेयरहरुकाे विशेष योगदान रहेको छ । शुक्रबारको सुरुवाती कारोबारमा कम्पनीको शेयर रेकर्ड स्तरमा पुगेको छ । बीएसईमा बिहान अदाणी इन्टरप्राइजेजको शेयर प्रतिशेयर ३८६५.६० भारतीय रुपैयाँ पुगेको थियो । यो ५२ हप्तापछिको उच्च मूल्य हो । यस्तै, कम्पनीकाे बजार पूँजीकरणले पनि  नयाँ उंचाई पाउँदै एलआईसी र आईटीसी जस्ता कम्पनीहरुलाई पछि पार्यो । शेयरहरुमा उछाल आउँदा यस कम्पनीको बजार पूँजीकरण ४.३१ ट्रिलियन पुगेको छ ।

एजेन्सी ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।