कस्तो छ फोर्ड रेन्जर पीकअप नयाँ भर्सन ?

Sep 17, 2022 11:02 AM Merolagani



नेपाली बजारमा पिकअप सेग्मेन्टमा नयाँ फोर्ड रेन्जर नयाँ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि फोर्ड गाडीको आधिकारीक वितरक जिओ फोर्डले बिहिबार रेन्जर पीकअपको नयाँ भर्सन नेपाली बजारमा ल्याएको हो ।

एक कार्यक्रम मार्फत टेस्ट ड्राइभ आयोजना गर्दै नेपालमा फोर्ड पिकअप विक्री सुरु गरेको कम्पनीले जनाएको हो । नयाँ अपग्रेड भर्सनमा नेपाल आएको यो गाडी अफरोड तथा अनरोडको लागि उपयुक्त छ ।

नेपालमा फोर्डका गाडीहरु लोकप्रिय छन । खासगरी अफरोडका लागि पिकअप गाडी पछिल्लो समय चर्चामा छन ।

 

के के छन फिचर ?

यो गाडीको मुख्य बिशेषता नै अफरोड यात्रा हो । फोर्ड पिकअप रेन्जरको नयाँ भर्सनले लामो यात्रा, एड्भेन्चर टुरलाई रोमान्चक बनाउछ ।

आकर्षक लुक्स, पावर र डिजाइनले यो पीकअपलाई नयाँ लुक्स दिएको छ । नयाँ रेन्जरमा वाई टर्बो २.० लिटर क्षमताको डिजेल इन्जिन दिइएको छ । यसअघि पनि फोर्डले रेन्जरमा ३.२ लिटर क्षमताको इन्जिन गाडी बिक्री गर्दै आएको थियो ।

कम्पनीका अनुसार टुईन टर्बो इन्जिनको कारण नयाँ रेन्जर निकै पावरफुल रहने जनाएको छ ।

 

लग्जरी, इन्टेरियर र एक्सटेरियरमा आकर्षक फिचर, आवाज रहित क्याविन कै कारण यो गाडी फरक छ । १९९६ सीसी क्षमताको इन्जिन रहेको यो गाडीमा भेरियन्ट अनुसार पावर फरक फरक रहेको छ । एक्सएल भेरियन्टमा अधिकतम १७० पीएस पावर र ४०५ एनएम टर्क प्रदान गर्छ ।

त्यसैगरी, एक्सएलटी र वाइल्डट्रेक भेरियन्टमा रहेको इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । एक्सएल भेरियन्ट ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्समा उपलब्ध छ भने अन्य दुई भेरियन्टमा १० स्पीड अटोमेटीक गियरबक्स उपलब्ध छ ।

लग्जरी एसयूभीको झल्को दिने अहिले जिओ फोर्डले १ करोड ५ लाख मूल्यको एक्सएल, १ करोड १९ लाख ९० हजार र टप भेरियन्ट डब्लूटीआरके वाइल्डट्रेक भेरियन्टको १ करोड ४५ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।