अब तत्काल लाइसेन्स चाहिए अनलाइन आवेदन दिन सकिने, कसरी दिने आवेदन ?

Sep 19, 2022 02:03 PM Merolagani



अब सेवाग्राहीलाई तुरुन्तै चालक अनुमति पत्र आवश्यक परे अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

विभागले असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ ।

यस अघि कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । तर, अहिले नयाँ सिस्टम ल्याए पनि अनलाइन बाटै घरबाटै आकस्मिक लाइसेनसको लागी आवेदन दिने पाइने भएको हो ।

खासगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक,शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्ने विभागले जनाएको छ ।

यसका लागि सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्न सक्ने छन । निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ ।

आवेदन दिनेको लागि विभागको यो साइटमा जानुपर्ने हुन्छ ।





शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।