Wed, Sep 23, 2026
आशा लघुवित्त वित्तीय संस्था(ALBSL)ले बुधबारदेखि लिलामीमा खुल्ला गर्न लागेकाे संस्थापक समूहको ५१ हजार ९९० कित्ता शेयरकाे बिक्री स्थगित गरेकाे छ । यसअघि लघुवित्तले असोज ५ गतेदेखि उक्त संस्थापक शेयर लिलामी बिक्री गर्ने भएको थियाे।
लघुवित्तले प्रतिकित्ता ३९५ रुपैयाँ मूल्य तोकेर उक्त संस्थापक सेयर असोज १३ गतेसम्म बिक्री खुला गर्ने सूचना जारी गरेकाे थियाे। तर बुधबार साे कम्पनीले अर्काे सूचना जारी नगरिएसम्म शेयर लिलामी स्थगित गरिएकाे जनाएकाे छ ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।