सामसङकाे "ग्यालेक्सी ए०४ एस" नेपाली बजारमा

Sep 21, 2022 02:43 PM Merolagani



सामसङले नेपाली बजारमा ग्यालेक्सी ए०४ एस (Galaxy A04s) ल्याएको छ । Galaxy A04sमा सामसङको ट्रिपल रियर क्यामरा छ जसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा अनुभव लिन सकिनेछ ।

यसैको साथ आउँछ ५ एमपी सेल्फी क्यामरा जसले सेल्फी फोकस फिचर दिन्छ । यो सब अनुभव Galaxy A04s 90hz रिफ्रेस रेटको साथ ६.५ HD / AMOLED डिस्प्लेसँग अनुभव गर्न सकिन्छ।

एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने 5000mAh ब्याटरीको साथ, सामसङले आफ्नो सबै जरुरी काम गर्नकालागि पर्याप्त समय दिन्छ चाहे त्यो मनपर्ने शो स्ट्रिमिङ्ग होस् या सोसल मिडिया स्क्रोलिङ्ग ।

कति पर्छ मूल्य ?

A04s कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ। 128GB ROM सहितको 4GB RAM भएको A04sको मूल्य २१ हजार ९९९ रूपैयाँ छ भने  64GB ROM सँग 4GB RAM भएको फोनको मूल्य १९ हजार ९९९ रूपैयाँ रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।