सामसङकाे "ग्यालेक्सी ए०४ एस" नेपाली बजारमा

Sep 21, 2022 02:43 PM Merolagani



सामसङले नेपाली बजारमा ग्यालेक्सी ए०४ एस (Galaxy A04s) ल्याएको छ । Galaxy A04sमा सामसङको ट्रिपल रियर क्यामरा छ जसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा अनुभव लिन सकिनेछ ।

यसैको साथ आउँछ ५ एमपी सेल्फी क्यामरा जसले सेल्फी फोकस फिचर दिन्छ । यो सब अनुभव Galaxy A04s 90hz रिफ्रेस रेटको साथ ६.५ HD / AMOLED डिस्प्लेसँग अनुभव गर्न सकिन्छ।

एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने 5000mAh ब्याटरीको साथ, सामसङले आफ्नो सबै जरुरी काम गर्नकालागि पर्याप्त समय दिन्छ चाहे त्यो मनपर्ने शो स्ट्रिमिङ्ग होस् या सोसल मिडिया स्क्रोलिङ्ग ।

कति पर्छ मूल्य ?

A04s कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ। 128GB ROM सहितको 4GB RAM भएको A04sको मूल्य २१ हजार ९९९ रूपैयाँ छ भने  64GB ROM सँग 4GB RAM भएको फोनको मूल्य १९ हजार ९९९ रूपैयाँ रहेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।