एक वर्षमा विश्व शेयर बजार २८ प्रतिशतले घट्याे, भारतमा भने स्थिर

Sep 21, 2022 04:04 PM Merolagani



यस वर्ष विश्वका ठुला शेयर बजारका बेंचमार्क सूचकमा ३.५ देखि २८ प्रतिशत सम्मको गिरावट देखिएको छ। अमेरिका, जापान, बेलायत र जर्मनीको शेयर बजार माफक सूचक वर्षभरमा घटेको देखिन्छ।

अमेरिकाको एसएण्डपी सूचक १९.२५ प्रतिशतले घटेको छ। यस्तै अमेरिकाकै डाउजोन्स सूचक १५.७५ प्रतिशत र न्यासड्याक २७.६९ प्रतिशतले घटेको छ ।

यसैगरी, जापानको निक्केई सूचक ५.९२ प्रतिशतले ओरालो लागेको छ । शेयर बजार नकरात्मक हुने क्रममा जर्मनीको ड्याक्स सूचक २०.४७ प्रतिशतले घटेको छ । बेलायतको एफटिएसई सूचक पनि ३.५८ प्रतिशतले ओरालो लागेको छ ।

तर यस अवधिमा भारतीय शेयर बजार भने स्थिर रहेको छ । विश्वभरको शेयर बजारको तुलनामा राम्रो रहेको छ । भारतमा २०२० पछि प्रत्येक चार सेकेण्डमा तीन नयाँ डिम्याट खाता खोलिएको छ ।
भारतको निफ्टी ५० ले अमेरिकाको एसएण्डपी ५००, डाउजोन्स, निक्केई र एफटिएसईसहितका अन्य ठुला सूचकहरुलाई पछि पारेको छ। सन् २०२१ देखि जुन २०२२ सम्ममा विदेशी लगानीकर्ताहरुले भारतीय शेयर बजारबाट दुई लाख ७१ हजार ९५० करोड भारतीय रुपैयाँ निकालेता पनि भारतीय शेयर बजारमा भारी गिरावट देखिएन।

यो वर्ष भारतीय शेयर बजारको प्रमुख शेयर बजार नेशाल स्टक एक्सचेन्जको कारोबार माफक सूचक  निफ्टी ०.१५ प्रतिशतले बढेको छ भने सेनसेक्स ०.१० प्रतिशतले वृद्धि भएको छ।

बुधबार शेयर बजारमा गिरावट

निरन्तर दुई दिन उकालो लागेको भारतीय शेयर बजार बुधबार भने ओरालो लागेको छ । एशियाली शेयर बजार बढेसँगै भारतीय शेयर बजारमा निरन्तर दुई दिन वृद्धि देखिएको थियो ।

तर विश्व बजारमा नै दबाब परेपछि सेनसेक्स २६२ अंकले घटेर ५९ हजार ४५६ विन्दुमा झरेको छ । यस्तै निफ्टी पनि ९७ अंकले घटेर १७ हजार ७१८ विन्दुमा कारोबार भइरहेको छ ।

अमेरिकामा फेडरल रिजर्भ बैंकको निती आउँदा मंगलबार शेयर बजारमा दबाब देखिएकाे हाे । साे समयमा डाउजोन्स ३१३ अंकले घटेर ३० हजार ७०६ विन्दुमा बन्द भयो । यस्तै, न्यसड्याकमा ११० अंकको गिरावट देखियो । एसएण्डपी पनि १.१३ प्रतिशत ओरालो लागेको थियो । 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।