प्राइम लाइफकाे व्यतित बीमालेख नविकरण गर्दा ब्याज तथा जरिवनामा छुट पाइने

Sep 22, 2022 12:25 PM Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले व्यतित (ल्याप्स) भएका बीमालेखहरु नविकरण गर्दा ब्याज तथा जरिवना छुट दिने भएको हो ।

कम्पनीले व्याज तथा जरिवनाशुल्कमा ५० प्रतिशत छुट दिन भएको हो ।

कम्पनीका बीमितले २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ असोज ५ गते देखि कार्तिक ३० गतेसम्म नविकरण गरे ब्याज तथा जरिवनामा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

व्यतित बीमालेख नविकरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्रै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेख नविकरण शुल्क भुक्तानी गरी व्याज तथा जरिवना छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।