प्राइम लाइफकाे व्यतित बीमालेख नविकरण गर्दा ब्याज तथा जरिवनामा छुट पाइने

Sep 22, 2022 12:25 PM Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले व्यतित (ल्याप्स) भएका बीमालेखहरु नविकरण गर्दा ब्याज तथा जरिवना छुट दिने भएको हो ।

कम्पनीले व्याज तथा जरिवनाशुल्कमा ५० प्रतिशत छुट दिन भएको हो ।

कम्पनीका बीमितले २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ असोज ५ गते देखि कार्तिक ३० गतेसम्म नविकरण गरे ब्याज तथा जरिवनामा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

व्यतित बीमालेख नविकरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्रै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेख नविकरण शुल्क भुक्तानी गरी व्याज तथा जरिवना छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।