हाइड्रोपावरमा लगानी गर्ने अर्को कम्पनी नेप्सेमा थपिदै,बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ निष्काशन गर्न प्रकृया अघि बढायो

Sep 22, 2022 12:54 PM Merolagani

बरुण इन्भेष्टमेन्टले सर्वसाधारणमा १५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। अहिले मुख्य गरी हाइड्रोपावरमा लगानी गर्ने सिइडिबि हाइड्रोपावर र एचआइडिसिएल मात्र नेप्सेमा सूचीकृत रहेकोमा अब बरुण इन्भेष्टमेन्ट पनि बजारमा थपिन लागेको हो।

आइपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइपीओ निश्काशनको लागि कम्पनी र क्यापीटलबीच बुधबार शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता भएको छ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

यस कम्पनी विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनी हो। यस कम्पनीमा एस.जि. ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।

बरुण इन्भेष्टमेन्टले बझाङ्ग स्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट),सानीगाड हाईड्रो लि. (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युत शक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ ।

हालै बरुण इन्भेष्टमेन्टले संखुवाखोलामा हाईड्रो प्रवद्र्धन र गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एस.जि.ग्रुपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष श्री शिव प्रसाद घिमिरे बताउँछन् ।

बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि ग्रुपकाे एल.पि.जि. ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।